logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • शेयर बजारमा दोहोरो अंकको गिरावट

    शेयर बजारमा दोहोरो अंकको गिरावट

    2.3K
    Shares

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । 

    नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेको छ । आइतबार कारोबार खुला भएको केही समयमम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक केहीबेरमै घट्न सुरु गरेको थियो । त्यसपछि लगातार घट्न थालेको परिसूचक बजार बन्द हुँदा उच्च अंकले घटेर बन्द भएको हो । फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन् । 

    नेप्से परिसूचक घटेपनि कारोबार रकम भने राम्रै भएको छ । फाइनान्समा भने सकारात्मक संकेत देखिएको छ । आइतबार १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबर भएको छ । बजार घट्दा पनि ५० भन्दा धेरै कम्पनीले राम्रो आम्दानी गरेका छन् । सबैभन्दा धेरै कमाउने शीर्ष स्थानमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ । बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले राम्रो आम्दानी गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend