एजेन्सी । अमेरिकाको दक्षिणी राज्य लुइजियानामा केही दशक यताकै सबैभन्दा शक्तिशाली आइडा आँधी आउँदा तटीय क्षेत्र डुबानमा परेको छ भने सात लाख मानिस विद्युतबाट बञ्चित बनेका छन् ।
प्रतिघण्टा २२० किलोमिटरको बेगमा आएको आँधी बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने चेतावनी दिइएको बीबीसीमा उल्लेख छ ।
दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट उद्धार गरिएको र त्यहीँ बसिरहेका व्यक्तिहरूलाई कैयौँ दिनसम्म मद्दत गर्न नसकिने अधिकारीहरूले बताएका छन् ।
राष्ट्रपति बाइडनले आइडाले ‘जीवन जोखिममा पार्ने’ भन्दै यसको क्षति तटीय क्षेत्रभन्दा भित्रसम्म हुने उल्लेख गरेका छन्। उनले दशौँ हजार मानिसका निम्ति पुनः बिजुलीको आपूर्ति सहज बनाउन हप्तौँ लाग्न सक्ने बताए।
सन् २००५ न्यू अर्लियन्समा गम्भीर क्षति गरेको क्याट्रिना आँधीभन्दा पनि आइडा भयानक हुने पूर्वानुमानकर्ताहरुले बताएका छन् । लुइजिआनाका गर्भनर जोन बेल एड्वाड्र्सले आइडा आँधी राज्यको इतिहासमा १५० वर्ष यताकै गम्भीर हुन सक्ने चेतावनी दिएका छन्। छिमेकी राज्य मिसिसिपीका गभर्नरले आपतकालीन अवस्था घोषणा गरेका छन् ।
सन् २००५ मा न्यू अर्लियन्समा एक हजार जनाभन्दा धेरैको ज्यान लिएको क्याटगोरी–३ वर्गीकरण गरिएको क्याट्रिना आँधी अगस्ट २९ कै दिन आएको थियो ।