एजेन्सी । तालिबानका शीर्ष नेता मुल्ला हिब्तुल्लाह केही दिनमा सार्वजनिक हुने भएका छन् । बीबीसीको पश्तो सेवासँगको कुराकानीमा तालिबान स्रोतले शीर्ष नेता हिब्तुल्लाह अखुनजादा कन्दहारमा रहेको र केही छिट्टै सार्वजनिक हुने जानकारी दिएको हो ।
कन्दहारका मुल्ला हिब्तुल्लाह सन् २०१६ मा अफगान तालिबानका प्रमुख बनेका थिए । उनले नै तालिबानको दिशा परिवर्तन गरेर अहिलेको स्थितिमा ल्याइपुर्याएको बताइने गरिएकाे छ । उनी एक धार्मिक नेताका रुपमा चिनिन्छन् ।
यसैबीच तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा नयाँ सरकार गठनको विषयमा वार्ता चलिरहेको र छिट्टै घोषणा गरिने बताएका छन् । यस्तो अवस्थामा मुल्ला सार्वजनिक भएपछि उनकाे भुमिका के हुने हाे भन्ने धेरैको चासो रहेकाे छ ।