काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । ढुंगानाले कानून विपरीत आफन्तको नाममा शेयर खरीद गरेको भन्दै विवादमा मुछिएका थिए ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबीन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको हो ।
अध्यक्ष ढुंगानाले छोरीका नाममा शेयर किनेपछि अर्थमन्त्रालय र अर्थ समितिले स्पष्टीकरण सोधेको थियो। ढुंगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद भएको पाइएको थियो ।