काठमाडौं । ओखलढुंगाको सुनकोसी मुलखर्क–६ पारामा लामो समयदेखि एमाले र माओवादीमा रहेका ७५ जना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरुलाई बिहीबार सुनकोशी गाउँपालिकाको पारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता रामहरि खतिवडाले स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले आगामी निर्वाचनमा ओखलढुंगामा कांग्रेस पार्टी अत्याधिक बहुमतले बिजयी हुने दाबी गरे ।
माधवकुमार नेपाल नअटाउने एमाले र रामबहादुर थापा ‘बादल’ नअटाउने माओवादी पार्टीमा कसैलाई उचित सम्मान नभएको बताउँदै अब पारा कम्युनिस्ट मुक्त भएको जिकिर नेता खतिवडाले गरे ।
नेता खतिवडाले कांग्रेसको आसन्न महाधिवेशनमा व्यक्तिगत स्वार्थमा भन्दा पनि सक्षम र असल नेतृत्वलाई जिताउन आग्रह गरेका समेत गरे ।