काठमाडाैं । नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से ५ प्रतिशतले घटेपछि सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि बजार बन्द गरिएको हाे ।
सर्किट ब्रेक हुँदासम्म नेप्से १ सय ४७.३१ अंकले घटेकाे छ । यो इतिहासकै सबैभन्दा ठूलो गिरावट हो । यसअघि एकै पटक १२४ अंकसम्म घटेको रेकर्ड थियाे । अहिले बजार २७७९.६८ बिन्दुमा झरेको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे यता निरन्तर शेयर बजार ओरालो लागेको छ । मौद्रिक नीतिपछि नेप्से सूचकमा करिब ४ सय अंकको गिरावट आइसकेको छ भने घट्ने क्रम रोकिएको छैन ।
निरन्तर बजार बजार घट्न थालेपछि लगानीकर्ता निरुत्साहित भएका छन् ।