logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • नख्खु कारागारमा कैदीबन्दीको नाराबाजी र प्रदर्शन

    नख्खु कारागारमा कैदीबन्दीको नाराबाजी र प्रदर्शन

    4.1K
    Shares

    काठमाडाैं । ललितपुरको नख्खु कारागारमा कैदीबन्दीहरुले ८ जना चौकीदारलाई हटाउनुपर्ने माग गर्दै नाराबाजी र प्रदर्शन गरेका छन् । 

    करिब पाँच दर्जन कैदीबन्दीहरुले कारगारको सीआरसी ब्लकमा चौकीदारहरुविरुद्ध आइतबार प्रदर्शन गरेका हुन् । कैदीबन्दीहरुले प्रदर्शन गरेपछि कारागारभित्र सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

    रासनमा घोटाला गरेको, टेलिफोन सुविधा सहज नबनाएको, सरकारले दिने अन्य सुविधामा पनि आफ्नो मनोमानी गरेको भन्दै कैदीहरुले चौकीदारहरु विरुद्ध नाराबाजी र प्रदर्शन गरेका हुन् ।

    नख्खु कारागारमा करिब १४०० जना कैदीबन्दी रहेका छन् । 

    प्रदर्शनमा सहभागी भएका कैदीबन्दीहरुले कारागारका नाइके शिव चौधरी, रिकेश अधिकारी, सविन केसी, शम्भू कार्की, अरुणकुमार महतो, विशाल विष्ट तथा सहनाइके देवेन्द्र तिमल्सिना र दीपक कर्णलाई कारागार स्थानान्तरणको मागसमेत राखेका छन् । विशाल विष्ट नख्खु कारागार मुख्य नाइके हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend