logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल : नेपालले फर्कायो एक गोल

    नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल : नेपालले फर्कायो एक गोल

    2.1K
    Shares

    काठमाडौं ।जारी नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक बनेको छ । ६२ र ७९ औं मिनेटमा गोल गरेको भारतमाथि नेपालले ८६ औं मिनेटमा गोल फर्काएको हो । 

    २–० ले पछि परेको नेपालका लागि खेलको ८६ औं मिनेटमा तेज तामाङले गोल गरेका हुन् ।

    भारतले खेलको ६२ र ७९ मिनेटमा गोल गर्दै भारतले अग्रता लिएको थियो । भारतलाई रोक्ने क्रममा तेज तामाङले उत्कृष्ट गोल गरेका हुन् । पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपालमा माथि भारतले दोस्रो हाफमा दुई गोल गरेको हो । 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ६२ औं मिनेटमा भारतले पहिलो गोल गरेको थियो । ६२ औं मिनेटमा फारुख चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् ।
    चौधरी दोस्रो हाफको सुरुवातमा विपिन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए ।

    दोस्रो गोल भारतले ७९ औं मिनेटमा गरेको हो । खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड मैदानमा उपस्थित भएका छन् । 

    पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले  १–१ को बराबरी खेलेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend