logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मैत्रीपूर्ण फुटबल : भारतमाथि तेजको शानदार गोल, नेपाल २–१ ले पराजित 

    मैत्रीपूर्ण फुटबल : भारतमाथि तेजको शानदार गोल, नेपाल २–१ ले पराजित 

    1.6K
    Shares

    काठमाडौं ।  दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ ले पराजित भएको छ । 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो खेलको दोस्रो हाफमा दुई गोल खाएको नेपालका लागि मिडफिल्डर तेज तामाङले एक गोल फर्काएका हुन् । 

    तेजले खेलको ८६ औं मिनेटमा गोल गरेसँगै नेपाल भारतसँग २–१ पराजित भएको हो । प्रतिस्पर्धात्मक बनेको नेपाल र भातरको खेलमा नेपालले केही महत्वपूर्ण अवसर गुमाएको थियो । 

    भारतका लागि खेलको ६२ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा सुनिल क्षेत्रीले एक–एक गोल गरे ।

    भारतका लागि सुनिलले काउन्टरमा गोल गरेका हुन् भने चौधरीले नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरे । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले  १–१ को बराबरी खेलेका थिए ।

    यसैबीच नेपाली टोलीका कप्तान किरणकुमार लिम्बू (चेम्जोङ)ले राष्ट्रिय टोलीबाट ७४ क्यापको कीर्तिमान तोडेका छन् । उनले यसपूर्व कप्तान विराज महर्जनको नाममा रहेको ७३ क्यापको कीर्तिमान तोडेका हुन् । 

    गोलरक्षक विशाल श्रेष्ठले करिब एक दशकको राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विशाललाई कप्तान किरण लिम्बूको स्थानमा मैदान प्रवेश गराएका थिए । 

    व्यावसायिक फुटबलमा मनाङमर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लबमा सफल रहेका विशालले पहिलो पटक राष्ट्रिय टोलीबाट डेब्यु गर्ने मौका पाएका हुन् ।  

    nepal-vs-india.jpg

    nepal-india-football.jpg

    nepal-vs-india-football.jpg

     

    football-nepal-vs-india.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend