एजेन्सी । अफगानिस्तानको सत्ता हातमा लिएको तालिवाने पंजशीर पनि आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ ।
तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजहिदले एक विज्ञप्ती जारी गरी अफगानीको समर्थन र इश्वरको सहयोगले पंजशीरमाथि विजय हासिल गरेको उल्लेख गरेका छन् ।
यद्यपि, तालिबानविरुद्ध लडिरहेको विरोधी बल नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) ले यो दाबी अस्वीकार गरेको छ । पंजशीर राज्य यसअघि नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)को कब्जामा थियो ।
पंजशीरका रेजिस्टेन्स फोर्सले तालिवानलाई हमला रोक्नुपर्ने शर्त राखेर शान्ति वार्ताको प्रस्ताव गरेको थियो ।
तर सोसल मिडियामा सार्वजनिक भइरहेका तस्बिरमा तालिबान लडाकू प्रान्तिय गभर्नरको कम्पाउन्डको ढोका अगाडि उभिरहेको देखिएका छन् ।
बीबीसीले स्वतन्त्र रुपमा यसको पुष्टि नगरेको बताएको छ ।
आइतबार विरोधी गुटको अफगानका नेता अहमद मसूदले आफूहरु तालिबानको सैन्य अभियान रोक्नका लागि शान्तिवार्ताका लागि इच्छुक भएको बताएका थिए ।
پنجشیر کے گورنر ہاؤس پر امارت اسلامی کے پرچم کی تقریب رونمائی✌ pic.twitter.com/WqPUW2veKc
— امارتِ اسلامی اردو (@EmartIslamiUrdu) September 6, 2021