काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले चाडपर्व लक्षित नगद फिर्ता योजना ल्याएकाे छ ।
ग्राहकको हितलाई मध्यनजर गर्दै आउदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत आफूलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ ।
उक्त योजना अन्तर्गत ग्राहक महानुभावहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५% वा रु.५०० सम्मको नगद फिर्ता पाउन सक्नेछन् । यो योजना २०७८ भदौ २० गतेदेखि २०७८ साल भदौ २४ गतेसम्म लागू हुनेछ ।