एजेन्सी । चुनावी अभियानमा जुटेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोमाथि ढुङ्गा प्रहार भएकाे छ । कोभिड १९ खोपको अनिवार्यता र अन्य कडाइहरूका कारण अहिले क्यानडामा सरकार विरोधी प्रदर्शन चलिरहेको छ ।
प्रदर्शन चलिरहेकाे बेलामा चुनावी अभियानमा जुटेका प्रधानमन्त्री ट्रुडोमाथि प्रदर्शनकारीहरुले ढुङ्गा प्रहार गरेका छन् । तर उनलाई कुनै चोट भने लागेको छैन ।
आफ्नो पार्टीको बहुमतको सरकार बनाउने आशा राखेर उनले केही दिन अघि चुनाव घोषणा गरेका थिए ।
उनले यस घटनालाई २०१६ को घटनासँग तुलना गरेका छन् । त्यतिबेला एक महिलाले उनलाई फर्सीले हानेकी थिइन् । विपक्षी पार्टीका नेता इरिन ओ टोलीले पनि यस घटनाको निन्दा गरेका छन् ।