एजेन्सी । मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतन गराउनु अपराध नभएको भन्र्दै गर्भपत गराएकाहरूलाई दण्ड दिनु असंवैधानिक भएको ठहर गरेको छ ।
उत्तरी राज्य खोवीलासँग सम्बन्धित फैसलाले अब गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्ने बीबीसीले उल्लेख गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश लुइ मारीया याग्वीलाले उक्त कदमलाई ‘महिला अधिकारको लागि ऐतिहासिक कदम’का रूपमा व्याख्या गरेका छन् ।
गर्भपतन गराएका कारण जेल पठाइएका महिलाहरूलाई तत्काल रिहा गरिने हुँदा फैसलाले मेक्सिकोमा नयाँ नजिर कायम गर्न सक्ने बताइएको छ।
सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई गैरकानुनी नमान्न आदेश दिएको हो । मेक्सिकोका केही राज्यमा मात्रै गर्भपतनलाई कानुनी मान्यता छ ।