logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • रोहित र सन्दीपकाे शानदार प्रदर्शन, नेपालको जित 

    रोहित र सन्दीपकाे शानदार प्रदर्शन, नेपालको जित 

    1.7K
    Shares

    काठमाडौं । युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र बलर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो एकदिवसीय मैत्रीपूर्ण क्रिकेटमा पपुवा न्युगिनीलाई पराजित गरेको छ । 

    ओमानको मस्कटमा २ सय ३४ को लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्युगिनी ८२ रनमा अल आउट भएको थियो ।  २३४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियाे ।

    पपुवा न्युगिनीको लागि टोनी उराले १९ रन बनाए । यस्तै कार्लेस अमिनीले १६ रन बनाउँदा नोर्मन मानुआ १२ तथा सेसे बाउले ११ रन बनाए भने गाउदी टोकाले १० रन मात्रै बनाउन सके । 

    नेपालका लेग स्पिनर सन्दीपले ६ विकेट लिए । ५ ओभर १ बल बलिङ गरेका सन्दीपले जम्मा ११ रन खर्चेर ६ विकेट लिएका हुन् । सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक एक विकेट लिए । 

    यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३३  रन बनाएको हो । 

    नेपालका युवा ब्याटस्म्यान रोहितले सर्वाधिक ८६ रन बनाए । १२३ बल खेलेका रोहितले ३ छक्का र २ चौको मद्धतमा ८६ रन बनाएका हुन् । कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए । ७० बल खेलेका मल्लले २ छक्का र ३ चौका प्रहार गरेका थिए । 

    करण केसीले ४२ रन बनाए । जम्मा २५ बल खेलेका करणले ४ छक्का र २ चौका प्रहार गरेका थिए । विकेट किपर बिनोद भण्डारीले १७ रन बनाए । ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेष ३/३ रन बनाएर आउट भएका थिए । 

    पपुवा न्युगिनीका चाद सोपरले सर्वाधिक ३ विकेट लिए । ९ ओभर बलिङ गरेका चादले ४५ रन खर्चेर ३ विकेट लिएका हुन् । नोर्मन भानुआ र काबुआ मोरेआले समाना २/२ विकेट लिए । यस्तै कार्लेस अमिनीले १ विकेट लिए । 

    यसअघि पहिलो एक दिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो । नेपालका लागि सन्दीपले सर्वाधिक ४ विकेट लिएका थिए । रोहितले सर्वाधिक ४१ रन बनाएका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend