logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सेप्टेम्बर ११ अर्थात् अमेरिकी ट्वीन टावर हमलाको कालो दिन 

    सेप्टेम्बर ११ अर्थात् अमेरिकी ट्वीन टावर हमलाको कालो दिन 

    3.4K
    Shares

    एजेन्सी । आज ११ सेप्टेम्बर अर्थात् २० वर्षअघि संयुक्त राज्य अमेरिका स्थित न्यूयोर्क शहरको विश्व व्यापार संगठनको भवन ट्वीन टावरमा आतंकवादी हमला भएको दिन । यस दिनलाई अमेरिकाले कालो दिनको रुपमा लिने गरेको छ । 

    सन् २००१ को ११ सेप्टेम्बरमा इस्लामिक आतंकवादीहरुले विमान अपहरण गरी ट्वीन टावरमा लगेर सोझै ठोक्काइदिएका थिए । जसले टावर ध्वस्त भई तीन हजार मानिसको मृत्यु भएको थियो ।

    आतंकवादी हमलामा कुल चार विमान अपहरण गरिएका थिए । दुईवटा विमान ट्वीन टावरमा ठोक्याइएका थिए । एउटा विमान वासिङ्टनस्थित पेन्टागनमा ठोक्याउन खोज्दा पश्चिमतर्फको कुनामा केही क्षति सहित दुर्घटना भएको थियो । अर्को विमानले भने कुनै क्षति गर्न सकेको थिएन । 

    १७ मिनेटको फरकमा विहानै भएको हमलामा ट्वीन टावर ध्वस्त भएका थिए । ११० तल्ले भवन एक घन्टा ४२ मिनेटमै खरानी बनेको थियो ।  त्यतिवला हमलामा दोषी पाइएकाहरुलाई अमेरिका पक्राउ समेत गरेर क्युबाको ग्वान्टेनामो टापुमा राखेको थियो । हमलामा सम्लग्न पाँच जना दोषीलाई अझै पनि ग्वान्टेनामो टापुमा सन् २००६ देखि बन्दी बनाएर राखिएको छ । 

    इस्लामिक आतंकवादी संगठन अल कायदा हमलामा दोषी रहेको पाइएको थियो । सेप्टेम्बर ११ को हमलापछि अमेरिकाले अल कायदाविरुद्ध कठोर नीति लियो । अल कायदा नेता ओसामा विन लादेनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।

    लादेन अफगानिस्तानमा रहेको आशंकामा खोजी भयो । तर, अरबौं डलर खर्चिएपछि लादेन पाकिस्तानको अवोटावादमा रहेको पत्ता लगाएर गोप्य हमला गरी मारिदियो । लादेन पाकिस्तानको संरक्षणमा अवोटावादमा रहेको विषय पनि चर्चामा आयो । यो घटनापछि पाकिस्तानको अमेरिकासँग सम्बन्ध चिसियो ।

    ११ सेप्टेम्बरको हमलामा कुल १९ जना अपहरणकारी संलग्न रहेको खुलासा भएको थियो । जसमा साउदी अरेबियाका १५, युनाइटेड अरब इमिरेट्स (युएई) का २, इजिप्ट र लेबनानका ११ जना थिए । हमलाबाट ३८ करोड ५० लाख डलर बराबरका ४ विमान, विश्व व्यापार संगठन रहेको जुम्ल्याहा भवनको साँढे २ अर्ब डलर, पेन्टागनको क्षतिको १ अर्ब डलरसहित १३ अर्ब डलरको पूर्वाधार क्षति भएको थियो ।

    क्षतिग्रस्त भवन पन्छाउन मात्र १ अर्ब डलरभन्दा बढी खर्च भएको थियो । जसका कारण ८३ हजारको जागिर गुमेको थियो । अमेरिकी नागरिकले मात्र १७ अर्ब डलर बराबरको तलब गुमाएका थिए । इन्सुरेन्स व्यवसायले मात्र ४० अर्ब डलर गुमायो । न्यूयोर्क शहरले ९५ अर्ब डलर गुमायो । 

    यसको असर विश्वव्यापी भयो । जुन हिसाब गर्न नसकिने खालको थियो । अमेरिकाले सेप्टेम्बर ११ को हमलापछि आतंकवादविरुद्धको लडाईं झनै बढायो । अफगानिस्तान, पाकिस्तान, मध्यपूर्व, अफ्रिकालगायत विभिन्न क्षेत्रमा आतंककारीलाई निस्तेज पार्न अमेरिकाले अरबौं डलर खर्च गर्दै आएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend