एजेन्सी । लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई ३–० गोलले हरायो ।
लिभरपुलको जितमा मोहम्मद सलाह, फाविन्हो र साडियो मानेले गोल गरे । १० खेलाडीमा सकेटिएको लिड्सले भने गोलगर्न लायक अवसर बनाउन सकेन । लिभरपुलले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।
सलाहले २०औं मिनेटमा गोलगर्दै लिभरपुललाई अग्रता दिलाए । उनले ट्रेन्ट एलेसान्दर अर्नाेल्डको पासमा गोल गरेका थिए । ५०औं मिनेटमा फाविन्होले गोलगर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । ६०औं मिनेटमा लिड्का पास्कल स्ट्रजिक सोझै रातो कार्ड पाउँदै बाहिरिए । त्यसपछि लिभरपुलले दोस्रो हाफको इन्जुरी समयमा तेस्रो गोल गरेको थियो । साडियो मानेले थियागो अलकान्तराको पासमा गोलगर्दै लिभरपुलाई सजिलै जिताए ।
जितसँगै चार खेलबाट १० अंक बनाएको लिभरपुल गोल अन्तरका आधारमा तेस्रोे स्थानमा छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर युनाइटेड र चेल्सीको पनि समान १० अंक छ । पराजित लिड्स दुई अंक सहित जोडेर १७औं स्थानमा छ ।