काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार पहिलो खेलमा अमेरिकाले नेपाललाई २ सय ३१ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३० रन बनायो । अमेरिकाका लागि मोनान्क पटेलले शतक पूरा गरे ।
पटेलले १ सय १३ बलमा शतक पूरा गरेका हुन् । उनले ९ चौका र १ छक्कासहित १०० रन पूरा गरेका हुन्। निसर्ग पटेलले २१ रन बनाए । यसैगरी करिमा गोरेले १६, संजय कृष्णमुर्थी र नोस्तुश केन्जिगेले समान १३/१३ रन बनाए ।
अभिषेक पराद्करले अविजित १३ रन जोडे । जसकरण मल्होत्राले ११ रन बनाए भने सौरभ नेत्रभाल्करले अविजित ६ रन बनाए । बलिङमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले समान २/२ विकेट लिए । कुशल मल्लले एक विकेट झारेका थिए ।