logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • नेपाल र ओमान भिड्दै 

    नेपाल र ओमान भिड्दै 

    6.7K
    Shares

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ । 

    ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार (आज) साँझ ४ः१५ बजे सुरु हुने खेलमा नेपालले लगातार जितको लक्ष्य राखेको छ । पहिलो खेलमा सोमबार नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो । 

    लिग–२ मा नेपालले यसअघि घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । सोमबार अमेरिकासँग खेलेपछि नेपालले पाँच खेलबाट ६ अंक बनाएको छ । नेपाल तालिकाको छैटौं स्थानमा छ । १० खेल खेलेको ओमान १६ अंक सहित शीर्ष स्थानमा छ । १३ खेलबाट १२ अंक बनाएको अमेरिका दोस्रो स्थानमा छ ।

    लिग–२ विश्वकप छनोटको आधार हो । लिग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्नेछन् । जसबाट शीर्ष तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।  

    यस्तो छ नेपाली टिम :

    कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend