logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • युनाइटेडलाई योङ ब्वाइजको झट्का 

    युनाइटेडलाई योङ ब्वाइजको झट्का 

    2.3K
    Shares

    एजेन्सी । सुपर स्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई योङ ब्वाइजको नमिठो झट्का लागेको छ । समूह ‘एफ’ अन्तर्गत मंगलबार राति भएको खेलमा युनाइटेडलाई योङ ब्वाइजले २–१ गोलले हरायो । 

    पहिलो हाफमै १० खेलाडीमा समेटिएको युनाइटेडले सुरुवाती गोल गरेपनि हार खेप्न बाध्य बन्यो । युनाइटेडका लागि रोनाल्डोले १३औं मिनेटमा खाता खोलेका थिए । रोनाल्डोले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए । 

    तर ३५औं मिनेटमा एरोन भान बिसाका रातो कार्ड पाउँदै बाहिरिएपछि युनाइटेड दबाबमा देखियो । जसको फाइदा दोस्रो हाफमा योङ ब्वाइजले लियो । ६६औं मिनेटमा निकोलस एनगाम्लेयुले गोल गर्दै योङ ब्बाइजलाई खेलमा फर्काए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा को थियोसन जोर्डन सेइबात्चेयुले गोल गर्दै योङ ब्बाइजलाई जिताएका थिए । सोही समूहको अर्को खेलमा एट्लान्टा र भिल्लारियलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

    यसैगरी समूह ‘ई’ को खेलमा बायर्न म्युनिखले बार्सिलोनालाई ३–० गोलले स्तब्ध बनायो । एकपक्षीय खेलमा बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे । बायर्नसामु निरिह बनेको बार्सिलोनाले गोल गर्न लायक अवसर बनाउन सकेन । 

    समूह ‘एच’ को अर्को खेलमा चेल्सीले जेनिथ सेन्ट पिटर्सबगएलाई १–० गोलले हरायो । चेल्सीको जितमा रोमेलु लुकाकुले निर्णायक गोल गरे । सोही समूहको अर्को खेलमा युभेन्ट्सले माल्मोइलाई ३–० गोलले पराजित ग¥यो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend