logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • फिलिपिन्ससँग हार्‍यो नेपाल 

    फिलिपिन्ससँग हार्‍यो नेपाल 

    2.3K
    Shares

    काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार साँझ भएको खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोलले पराजित भएको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले हार खेपेको हो । 

    नेपालका लागि १०औं मिनेटमा विमला चौधरीले हेट गोल गरेकी थिइन् । विमता ३९औं मिनेटमा चोट बोक्दै बाहिरिएपछि नेपालको अग्रपंक्ति कमजोर बन्यो । विमलाको स्थानमा अनिता बस्नेतले खेलेकी थिइन् । 

    दोस्रो हाफमा शसक्त देखिएको फिलिपिन्सले खेलको ९०औं र इन्जुरी समयमा लगातार दुई गोल गरेको थियो । फिलिपिन्सका लागि ९० औँ मिनेटमा ताहानाइ अनिष र इन्जुरी समयमा कमिल्ला विल्सनले गाेल गरे । 

    पहिलो जितसँगै फिलिपिन्सले तीन अंक बनाएको छ । नेपालले हारबाट खेलको सुरुवात गरेको छ । नेपाली महिला टोलीले २२ बर्षपछि फिलिपिन्ससँग प्रतिस्पर्धा गरेको हो । नेपालले यसअघि सन् १९९९को एएफसी महिला च्याम्पियनसिपमा फिलिपिन्ससँग खेलेको थियो । त्यतिवेला नेपाल फिलिपिन्ससँग ५–० गोलले पराजित भएको थियो । 

    छनोट खेलमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले दोस्रो खेलमा हङकङसँग असोज ५ गते खेल्नेछ । फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ । समूहको शीर्ष टोली भारतमा आयोजना हुने एसिया कपका लागि छानिनेछ । एसियन कप सन् २०२२ जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend