logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • ओमान १२१ रनमा समेटियो :  करण र सन्दीपले लिए चार चार विकेट

    ओमान १२१ रनमा समेटियो :  करण र सन्दीपले लिए चार चार विकेट

    3.3K
    Shares

    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई १२१ रनमा समेटेको छ ।  टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले ओमानलाई १२१ रनमा समेटेको हो । 

    ओमानलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछाने र करण केसीले चारचार विकेट लिए । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३७ ओभरमै अलआउट भएको हो । 

    ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए भने जतिन्दर सिंहले १३ रन  जोडे । घरेलु टिमविरुद्ध जितको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

    सिरिज अन्तर्गत गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

    यसअघि नेपालले तीन खेलमा एक जित निकालेको छ । नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । 

    विश्वकप क्रिकेट लिग–२ मा नेपाल छैटौं स्थानमा छ । नेपालले सात खेलबाट ६ अंक बनाएको छ । १२ खेलबाट २० अंक बनाएको ओमान शीर्षस्थानमा छ । अमेरिका १५ खेलमा १४ अंक जोड्दै दोस्रो स्थानमा छ । 

    आईसीसी विश्वकप क्रिकेट लिग–२ एकदीवसीय विश्वकप छनोटको आधार हो । सात टोली सहभागी लिग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्छन् । जसबाट शीर्ष तीन टोलीले सन् २०२३ मा जिम्बावेमा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend