logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • राम्रो गर्न बलिया टोलीसँग खेल्नुपर्छ : कप्तान ज्ञानेन्द्र 

    राम्रो गर्न बलिया टोलीसँग खेल्नुपर्छ : कप्तान ज्ञानेन्द्र 

    2.6K
    Shares

    नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेपालले क्रिकेटमा अझै राम्रो गर्न बलिया टोलीसँग खेल्नु पर्ने बताएका छन् । 

    ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर स्वदेश फर्किएपछि मल्लले यस्तो बताएका हुन् । नेपाली टोली मंगलबार बिहान स्वदेश फर्किएको हो । 

    युवा खेलाडी बाहुल्यता रहेको टोलीले भ्रमणका चार खेल मध्येका दुई खेलमा जित निकाल्न सफल भयो । साथै आईसिसि विश्वकप क्रिकेट लिग डिभिजन–२ को तालिकामा स्थान सुधार समेत गरेर फर्किएको छ । लगानी गरे अनुसार युवा खेलाडीको प्रदर्शन राम्रो भएको भन्दै कप्तान मल्ल आगामी दिनमा थप अनुभवको जरुरी भएको बताए । 

    ओमानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकाल्दा पहिलो पटक लिग–२ को खेलमा ओमान पराजित गर्दै ऐतिहासिक सफलता समेत हात पा¥यो । घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्नु टोलीका लागि राम्रो पक्ष भएको पनि मल्लले बताए । ‘युवा खेलाडीमा गरेको लगानीको प्रतिफलको असर विस्तारै टोलीमा देखिन थालेको छ । सिरिजमा अझै राम्रो गर्नका लागि धेरै भन्दा धेरै खेल युवा खेलाडीका लागि खाँचो,’ मल्लले भने । 

    नेपाली टोलीका प्रशिक्षक डेभ ह्वाटमोरको छोटो बसाईमा टोलीमा राम्रो छाप पारे पनि दीर्घकालिन योजन अनुसार अगाडि बढ्न असर पर्ने कप्तान मल्लको भनाई थियो । प्रशिक्षक ह्वाटमोरले ओमान भ्रमणसँगै पद छाडेका छन् । उनी ओमानबाटै भारत गएका छन् । 

    कुशल भुर्तेल र आशिफ शेखले नेपाली टोलीको ओपनिङ इनिङ्लाई सम्हालेका थिए । जसमा दुबै ब्याट्सम्यानले व्यक्तिगत करियमा भ्रमण सार्थक बनाउन सफल भए । ओपनिङ मध्येका युवा ब्याट्स म्यान कुशल भुर्तेलले रणनीतिक हिसाबमा खेल्दा ओमान भ्रमण व्यक्तिगत र टोलीका लागि राम्रो भएको प्रतिक्रिया दिए ।

    यसैगरी राष्ट्रिय टोलीबाट एक दिवसीय खेलमा डेब्युको मौका पाएका विक्रम शोबले पनि भ्रमण व्यक्तिगत करियर र टोलीका लागि राम्रो भएको प्रतिक्रिया दिए । विक्रम शोबले अमेरिका विरुद्ध डेब्यु गर्दा पाएको पहिलो ओभरको बलिङको पनि पहिलो बलमा विकेट निकाल्न सफल भएका थिए । व्यक्तिग खेललार्ई निर्खानका लागि अझै मिहिनेत गर्नु पर्ने उनले बताए ।

    बिक्रमको अलावा ओमान भ्रमणमा गुल्सन झाले राष्ट्रिय टोलीमा डेब्यू गर्दा कप्तान ज्ञानेन्द्र मल्ल एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् ।  साथै कप्तान मल्लले एक दिवसीय करिअरमा चार वटा अर्धशतक पनि पूरा गरेका छन् । चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन । एक दिवसीय खेलमा पहिलो पटक ओमानविरुद्ध बलिङ गर्दा शरद भेषवाकरले पहिलो विकेट आफ्नो नाममा पनि लेखाए । 

    त्रिकोणात्मक सिरिज अघि नेपाली टोलीले ओमान रहँदा पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जसमा नेपालले सिरिज क्लिन स्वीप गरेको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend