काठमाडाैं । दक्षिणपूर्वी अस्ट्रेलियामा ५.९ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएकाे छ । भूकम्पका कारण मेल्बर्न सहरमा भवनहरू भत्किएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
स्थानीय समयानुसार बुधवार बिहान ९:१५ बजे म्यान्सफील्डमा केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पकाे केन्द्रबिन्दु भएकाे स्थान भिक्टोरिया राज्यको राजधानी नजिक पर्छ । अस्ट्रेलियामा आएको यो भूकम्प केही वर्ष यताकाे सबैभन्दा ठूलो मध्येको एक हाे ।
भूकम्पको धक्का छिमेकी साउथ अस्ट्रेलिया र न्यू साउथ वेल्स राज्यमा पनि महसुस गरिएको थियो ।
भूकम्पबाट खासै क्षति नभएकाे त्यहाँकाे सरकारले बताएकाे समाचारमा उल्लेख गरिएकाे छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोही पनि गम्भीर घाइते भएको विवरण प्राप्त नहुनु सुखद् भएकाे प्रतिक्रिया दिएका छन् ।