काठमाडौँ । सिद्धार्थ बैंकले बिहिबार आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत ४ लाख ९७ हजार २ सय रुपैयाँको चेक जोन्टा क्लब अफ काठमाडौंलाई हस्तान्तरण गरेको छ । उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनको लागी प्रयोग गरिने छ ।
सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडँलले जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सुश्री सीमा गोल्छालाई चेक हस्तान्तरण गरेका हुन् । जोन्टा काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारसंग काम गरिरहेको छ ।