काठमाडौं । गायिका इन्दिरा जोशीले फिल्मी शैलीमा ‘इन्गेजमेन्ट’ गरेकी छिन् । लामो समयदेखि प्रेममा रहेको बताउँदै आएकी इन्दिराले प्रेमी भने सार्वजनिक गरेकी थिइनन् ।
फेसन डिजाइनर शरद केडियाले बिहीबार हेलिकप्टरमार्फत खुम्बु पुगेर इन्दिरालाई औँठी लगाइदिएको भिडियो टिकटकमार्फत सार्वजनिक भएको हो । मिडियामा इन्दिराले इन्गेजमेन्ट गरेको खबर आइरहेपनि उनले यसबारे आधिकारिक धारणा भने सार्वजनिक गरेकी छैनन् ।
औँठी लगाएको भिडियो क्याप्टेन विवेकले आफ्नो टिकटक खातामा पोस्ट गरेका छन् । उनले ‘दुवै जनालाई उज्वल भविष्यको कामना’ पनि भनेका छन् । सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको एक फेसन शोमा भाग लिन जाने क्रममा शरदले इन्दिरालाई औँठी लगाइदिएका हुन् ।
गत वर्ष इन्दिराले सामाजिक सञ्जालमा रिङ लगाइदिएको एक तस्बिर पोस्ट गर्दै आफूहरु विगत २ वर्षदेखी प्रेममा रहेको जानकारी दिँदै जिन्दगीको अन्तिम सास रहेसम्म एकसाथ रहने बाचा गरेकी थिइन् । तर, नाम र फोटो भने गोप्य राख्दै आएकी थिइन् ।