logo

२०८१ पुष १९ शुक्रबार

logo
  • शुक्रबार, १९ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धनको समन्वय : माधव नेपाल 

    केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धनको समन्वय : माधव नेपाल 

    3K
    Shares

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँचदलीय गठबन्धनको केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडी बढ्ने बताएका छन् । 

    बिहीवार पार्टी केन्द्रीय कमिटी बैठकको समापनलाई सम्बोधन गर्दै नेपालले लसत्तारुढ पाँच दलीय गठबन्धनको बिचमा सम्बन्ध सुमधुर रहेको बताए । उनले बाहिर हल्ला भएजस्तो गठबन्धन टुट्ने, फुट्ने र सरकार ढल्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे । 

    अध्यक्ष नेपालले गठबन्धनकाबिचमा केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडी बढ्ने तयारी भइरहेको जानकारी दिए । गठबन्धनलाई आगामी चुनावभन्दा पछिसम्म निरन्तरता दिइने पनि बताए । उनले भने, ‘सरकारमा सहभागी दलहरुका नेताहरुका बिचमा निकै राम्रो सुमधुर सम्बन्ध छ । बाहिर कसैले कुनै हल्ला फैलाउन खोजेतापनि यो गठबन्धन टुट्छ, फुट्छ, यो सरकार ढल्छ भन्ने कुरामा कुनै सत्यता छैन । छिट्टै हामीले यसको संरचना बनाइरहेका छौँ । त्यो संरचना केन्द्रमा बन्नेछ । दस्तावेज पास गर्नेछ । यसको नामाकरण पनि गर्नेछ । त्यसको प्रदेश, जिल्ला र पालिकामा पाँचै दलको बिचमा समन्वय संयन्त्र बनाउनेछौँ । सहकार्य पनि गर्दै जानेछौँ । आगामी चुनावमा हामी, चनुाव सम्म र चुनावपश्चात पनि हामी यो गठबन्धनलाई निरन्तरता दिन चाहान्छौँ ।’

    अध्यक्ष नेपालले यो गठबन्धनको मुल आधार राष्ट्रियता, लोकतन्त्र र समाजवादको दिशामा अगाडी बढ्ने नीति रहेको उल्लेख गगरे । उनले आफ्नो पार्टी कसैसँग मिसिनुपर्ने आवश्यकता नभएको पनि स्पष्ट पार्नुभयो । पार्टीको जग बलियो भएको र कार्यकर्ताहरुको व्यापक समर्थन भएका कारण संगठन फैलिदै गएको पनि उहाँको भनाई छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend