एजेन्सी । दुई पटकको अग्रता जोगाउन नसक्दा लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा लिभरपुल ब्रेन्टफर्डसँग ३–३ गोलको बराबरीमा रोकिएको हो ।
लिभरपुलका लासिग डिएगो जोटा, मोहम्मद सलाह र कर्टिस जोन्सले गोल गरे । लिगमा सलाहले एक सय गोलको आँकडा पार गरेका छन् । घरेलु टोली ब्रेन्टफर्डका इथान पिननक, भिाटली जानेल्ट र योएनी विस्साले गोल गरे । खेलमा सुरुवाती अग्रता ब्रेन्टफर्डले लिएको थियो । २७औं मिनेटमा इथान पिननकले गोल गर्दै घरेलु टोलीको उत्साह बढाएका थिए ।
बराबरीसँगै लिभरपुल शीर्षस्थानमा उक्लिएको छ । लिभरपुलले ६ खेलबाट १४ अंक बनाएको छ । नौ अंक बनाएको ब्रेन्टफर्ड नवौं स्थानमा छ । दोस्रो स्थानको म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र एभर्टनको समान १३ अंक छ । शनिबार राति भएको खेलमा युनाइटेड एस्टनभिल्लासँग १–० गोलले पराजित भएको थियो ।
अर्को खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १–० गोलले नै स्तब्ध बनायो । अन्य खेलमा एभर्टनले नर्बिच सिटीलाई २–० गोल र वेस्ट हामले लिड्स युनाइटेडलाई २–१ गोलले हरायो । बर्नली र लेस्टर सिटीले २–२ तथा न्युक्यासल युनाइटेड र वार्टफोर्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।