काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधितर्फ उन्मुख देखिएको छ । लिगमा शत प्रतिशत जित निकालेको पीएसजीले शनिबार राति भएको खेलमा मोन्टपेलियसलाई २–० गोलले हरायो । जितसँगै पीएसजीले शीर्षस्थानमा १० अंकको अग्रता लिएको छ ।
लगातार आठौं जित निकाल्ने क्रममा पीएसजीका इड्रिसा गाना गुआई र जुलियन ड्राक्सलरले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको पीएसजीले १४औं मिनेटमा इड्रिसा गाना गुआईको गोलमा अग्रता लिएको थियो । ८८औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीको जित पक्का बनाए ।
जितपछि पीएसजीको आठ खेलबाट २४ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ६ खेलबाट १४ अंक छ । पीएसजीसँग पराजि मोन्टपेलियर नौ अंक सहित ११औं स्थानमा छ । अन्य खेलमा निसले सेन्ट इटिनेलाई ३–०, लिलेले स्टार्सबर्गलाई २–१ गोलले हरायो । लोरियन्ट र लियोनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।