logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • चितवनको विजयी सुरुवात 

    चितवनको विजयी सुरुवात 

    1.7K
    Shares

    काठमाडौं । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा चितवनले विराटनगर वारिवर्सलाई दुई विकेटले हरायो । 

    विराटनगरले दिएको एक सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा आठ विकेटको क्षतिमा पूरुा गरेको थियो । चितवनको जितमा राजेश पुलामीले अविजित ४३ रन बनाए । 

    भिम सार्कीले ३०, दिलिप नाथले २३, करिम जनत १९ र इशान पाण्डे १० रन बनाए । कप्तान सोमपाल कामी नौ रन जोडे । 
    बलिङमा विराटनगरका सिकन्दर राजा र करण केसीले दुई दुई विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानले एक एक विकेट झारे । 

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ५१ रन बनायो । खराब सुरुवात गरेको विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । 

    उनले ४७ बलमा ७ छक्का र दुई चौका प्रहार गरे । अनिल शाहले ३२ रन, सौरभ खनालले अविजित ३० रन बनाए । बिक्रम भुसालले ७ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन् । 

    बलिङमा चितवनका लागि कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले दुई दुई विकेट लिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend