काठमाडौं । अभिनेत्री रेखा थापाले प्रेमको परिभाषा गरेकी छन् । उनले जीवन ज्योतिका लागि प्रेमले तेलको काम गर्ने बताएकी छन् । कतिपय मानिसले प्रेमलाई अन्धो भनेको भन्दै उनले प्रेम अन्धो नभएर ज्योति रुप भएको बताएकी हुन् ।
उनले लैङ्गिक प्रेम बासना मात्र भएको भन्दै एउटा प्रेमीसँग देशभक्ति, आध्यात्म, सपना र परोपकारको भाव हुने बताएकी छन् ।
‘प्रेमले मानिसलाई अन्धो बनाउने होइन, जीवन ज्योतिको लागि प्रेमले तेलको काम गर्छ’, अभिनेत्री थापाले फेसबुकमा लेखेकी छन्, ‘एउटा प्रेमी सँग देशभक्ती, आध्यात्मा, सपना र परोपकारको भाव हुन्छ । लैङ्कि प्रेम त अक्सर बासना मात्र हो ।’