काठमाडाैं । फुमिओ किशिदा जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएकाे छ । सत्तारुढ दल लिबरल डेमोक्य्राटिक पार्टी (एलडीपी)को नेतामा निर्वाचित भएपछि उनी जापानकाे नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हाे ।
पूर्व विदेशमन्त्री किशिदाले तारो कोनोलाई नेतृत्वमा पराजित गरेका थिए । एक वर्ष पहिले प्रधानमन्त्री बनेका सुगाले राजीनामा दिने घोषणा गरेपछि एलडिपीले नयाँ नेता चयन गरेको हो ।
किशिदाले हालका प्रधानमन्त्री योशिहिदो सुगालाई प्रतिस्थापन गर्नेछन् ।
किशिदाको पहिलो काम आगामी चुनावमा एलडीपीको नेतृत्व गर्नु पर्ने हुन्छ । नयाँ प्रधानमन्त्रीले कोभिड महामारीपछि अर्थतन्त्रलाई सुधार गर्न तथा उत्तर कोरियाको बढ्दो चुनौतीको सामना गर्नुपर्ने छ ।