logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भैरहवाको पहिलो जित

    भैरहवाको पहिलो जित

    1.5K
    Shares

    काठमाडौं । भैरहवा ग्लाडीयटर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट पहिलो जित निकालेको छ ।

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार विराटनगर वारियर्सलाई ६ विकेटले हरायो ।  विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५.३ बलमा चारविकेटको क्षतिमा पूरा गरेको थियो ।  भैरहवाको जितमा उपुल थरंगाले अविजित  ३४ रन बनाए । कप्तान शरद भेषवाकरले अविजित ६ रन बनाए ।  प्रदिप ऐरीले २२, तमिम इकबाल र रोहित पौडेलले समान १२–१२ रन बनाए । बलिङमा विराटनगरका रामनरेश गिरिले दुई विकेट लिए । करण केसी र बसन्त रेग्मीले एक एक विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७.४ ओभरमा सबै विकेटको क्षतिमा मा सबै विकेट गुमाएर  ८९ रन बनाएको थियो । भैरहवाका बलर चम्किएको खेलमा विराटनगरका दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए । सुमित महर्जनले १३, आसिफ शेख र अनिल साहले समान ११–११ रन  बनाए । बसन्त रेग्मीले अविजित १० रन बनाए । भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले तीन तीन विकेट लिए । अविनाश बोहराले दुई तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले एक एक विकेट झारे । 

    जितसँगै भैरहवाले दुई खेलबाट तीन अंक बनाएको छ । भैरहवा शीर्ष स्थानमा उक्लिएको छ । विराटनगरको यो लगातार दोस्रो हार हो । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो । इपीएलमा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउने छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend