एजेन्सी । इक्वेडरको जेलमा दुई विरोधी समूहबीच भएको भिडन्तमा १०० जनाभन्दा बढीको मृत्यु भएकाे छ ।
सरकारी अधिकारीहरुका अनुसार इक्वेडरको इतिहासमा जेलमा दुई विरोधी समूहबीचमा भएको भिडन्तमा पहिलोपटक यति धेरै जनाकाे मृत्यु भएकाे हाे । जेलका दुई समूहबीच मंगलबार झडप भएको थियो ।
ग्वायाकइल सहरस्थित जेलमा भएको झडपमा कम्तीमा पाँच जना बन्दीको टाउको काटिएको जनाइएको छ । अन्यको गोली प्रहार गरेर हत्या गरिएको थियो । कैदी–बन्दीले भिडन्तको क्रममा ग्रिनेडसमेत प्रहार गरेको प्रहरी कमाण्डर फाएस्तो बुएनानोले बताएको बीबीसीले उल्लेख गरेकाे छ ।
लागूऔषध तस्करी समूहका कैदी रहेको भवनमा भिडन्त भएको हो । घटनामा ५० भन्दा बढी कैदीहरू घाइते भएका छन् ।