काठमाडौं । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटमा दोस्रो जित निकालेको छ । कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा चितवनले काठमाडौं किङ्स–११ लाई तीन विकेटले हरायो । चितवनको यो लगातार दोस्रो जित हो । जितसँगै चितवन तालिकाको शीर्षस्थानमा छ ,
काठमाडौंले दिएको एक सय ४२ रनको लक्ष्य चितवनले १८.४ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको थियो । चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ रन बनाए ।
कमल सिंह ऐरीले अविजित २३, दिलिप नाथले पनि २३, रिम जनत मोहमद साहजदले समान २१–२१ रन बनाए । बलिङमा काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले दुई दुई विकेट लिए । जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४१ रन बनाएको थियो । काठमाडौंका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए । राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाए । चितवनका सागर ढकाल एक्लैले चार विकेट लिए ।
४ विकेट लिए । करिम जनतले दुई विकेट लिए । सेकुगे प्रसन्नले एक एक विकेट लिए ।
शीर्षस्थानमा रहेको चितवनले दुई खेलबाट चार अंक बनाएको छ । चितवनले पहिलो खेलमा विराटनगर वारियर्सलाई हराएको थियो । पहिलो हार खेलेको काठमाडौंको दुई खेलबाट दुई नै अंक छ । काठमाडौं चौंथो स्थानमा रहेको छ । काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।