logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • साफ च्याम्पियनसिप : नेपालको दावी उपाधि

    साफ च्याम्पियनसिप : नेपालको दावी उपाधि

    2.2K
    Shares

    काठमाडौं । साफ च्याम्पियनसिपको १३औं संस्करण शुक्रबारदेखि माल्दिभ्समा सुरु हुँदैछ । साफको २८ बर्षे इतिहासमा सेमिफाइनलमाथि पुग्न नसकेको नेपालले यसपटक उपाधि जित्ने दावी गरेको छ । 

    नेपालले शुक्रबार घरेलु टोली माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यसअघि साँझ ४ः३० बजे हुने उद्घाटन खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान एवं गोलरक्षक किरण चेम्जोङले हरेक खेल जितका लागि खेल्ने बताए । प्रतियोगिताअघि बिहिबार आयोजित पत्रकार सम्मेलनमा चेम्जोङले माल्दिभ्सलाई हराउने दावी गरे । 
    ‘पक्कै पनि घरेलु मैदान र दर्शकको साथ माल्दिभ्सलाई छ । तर हामी गोर्खाली हौं । नडराई खेल्ने छौं । जितको नतिजा निकाल्नेछौं,’ चेम्जोङले भने । नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपालका लागि हरेक म्याच महत्वपूर्ण रहेकोले नतिजाका लागि खेल्ने बताए । नेपाल र माल्दिभ्सबीचको खेल राति ९ः३० बजे हुनेछ । 

    असोज ३० गतेसम्म चन्ने च्याम्पियनसिपमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा रहेको पाकिस्तानले साफमा भाग लिएको छैन । 

    कोरोना संक्रमणले भुटान सरकारले आफ्ना नागरिकलाई देशबाहिर जान प्रतिबन्ध लगाएका कारण भुटानले पनि भाग नलिने निर्णय गरेको छ । राउन्ड रोविन लिगका आधारमा खेलिने साफमा शीर्ष दुई टोली फाइनल पुग्नेछन् । नेपालले साफ उपाधि जित्ने लक्ष्य सहित लामो तयारी गरेर माल्दिभ्स गएको हो । 

    नेपाली टोलीले अन्तिम तयारी कतारमा गरेर माल्दिभ्स गएको हो । कतारमा नेपालले ओमानसँग मैत्रीपूर्ण खेल समेत खेलेको थियो । नेपालले ओमानसँग ७–२ गोलको हार खेपेको थियो । नेपालले घरेलु मैदान दशरथ रंगशालामा पनि भारतसँग भदौ १७ र २० गते दुई वटा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । भारतसँगको पहिलो खेलमा १–१ गोलको बराबरी खेलेको नेपाल दोस्रो खेलमा २–१ गोलले पराजित भएको थियो ।

    नेपाली टोली : 
    किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी र तेज तामाङ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend