logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • काठमाडौंमा भित्रिन थाले पटाका, भण्डारण गर्ने पक्राउ

    काठमाडौंमा भित्रिन थाले पटाका, भण्डारण गर्ने पक्राउ

    2.6K
    Shares

    काठमाडौं । अवैध रुपमा ठूलो परिमाणमा पटाका भण्डारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामनगर गाउँपालिका–१ सर्लाही घर भएर काठमाडौंको कागेश्वरी बस्दै आएका कामेश्वर प्रसाद यादव रहेका छन् ।
    महानगरीय प्रहरी अपराध महाशाखाले विशेष सूचनाका आधारमा यादवले पटाका भण्डारण गरेको पाएपछि छापामारि पक्राउ गरेको हो। यादवले गैरकानुनी रुपमा
    download.jpgलुकाइ–छिपाइ पटाका, भुइचम्पा लगायतका आतिसवाजीजन्य विष्फोटक पदार्थहरु विजया दशमी तथा दीपावलीलाई लक्षित गरी भण्डारण गरेको प्रहरीे दाबी छ ।
    download (3).jpgप्रहरीले यादवको साथबाट गमला पटाका २५ केजी तौल भएको १ बोरा, स्पेशल फ्लावरकोन पटाका४२० केजीको ११ कार्टुन्, हाइड्रो फोइल्स फटाका ५४ केजीको ३ कार्टुन, झ्यारझ्यारे पटाका १०९२ केजीको ९१ कार्टुन, रोल क्याम्पस पटाका १५ केजीको १ कार्टुन,ग्राउण्ड चक्र पटाका १२० केजीको ४ वटा कार्टुन, स्पाइनर पटाका ९६ केजीको ४ वटा कार्टुन, हाइड्रो बम पटाका ७५ केजीको ३ वटा कार्टुन, विभिन्न पटका मिसिएको १२० केजीको ६ वटा बोरा, नगद ९० हजार र एक थान मोबाइल बरामद गरेको छ । 
    पक्राउ परेका यादवमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थ सम्बन्धित कसुर अन्तर्गतको मुद्दामा आवश्यक कारबाहीको महानगरीय प्रहरी परिसर काठमाडौं बुझाईएको जानकारी महाशाखाका प्रवक्ता एसपी कृष्ण प्रसाद कोईरालाले दिए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend