logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपालले श्रीलंकासँग संयमित भएर खेल्ने 

    नेपालले श्रीलंकासँग संयमित भएर खेल्ने 

    2K
    Shares

    काठमाडौं । १३औं साफ च्याम्पियनसिप अन्तर्गत सोमबार नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ । माल्दिभ्सको मालेमा जारी च्याम्पियनसिपमा नेपालले श्रीलंकाविरुद्ध जितको नतिजा दोहोर्याउने अभियानमा छ । 

    पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० गोलले हराएर उत्साहित देखिएको नेपाली टोली लगातार दोस्रो जित निकाल्न चाहन्छ । टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीले सावधानी र संयमित भएर खेल्नु पर्ने बताएका छन् । 

    आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले भने, ‘श्रीलंका बलियो टोली हो । श्रीलंकालाई हामीले सजिलो ठानेका छैनौं । माल्दिभ्सविरुद्धको जितलाई विर्षेर संयमित भएर खेल्न आवश्यक छ । श्रीलंकासँग जित निकाल्न सकेमा हामी थप खुशी हुनेछौं ।’ श्रीलंका पहिलो खेलमा बंगलादेशसँग पराजित भएको छ । 

    नेपाली टोलीका कप्तान किरण चेम्जवोङले पनि श्रीलंकासँगको खेल प्रतिस्पर्धात्मक हुने बताए ।‘हामी महत्वपूर्ण खेल खेल्दैछौं । श्रीलंकासँगको खेलले हाम्रो अघिल्लो यात्राको बाटो देखाउनेछ । हामी पक्कै जितका लागि खेल्नेछौं,’ चेम्जोङले भने । 

    श्रीलंकाका प्रशिक्षक आमिर एलगिचले पनि टोलीको लक्ष्य पुनरागमन भएको बताए । ‘श्रीलंकालाई हामी पनि दक्षिण एसियाली फुटबलमा छौं भनेर देखाउन आवश्यक छ । पहिलो खेलको हारलाई विर्षेर नेपालविरुद्ध जित निकाल्न चाहन्छौं,’ उनले भने । 

    नेपाल  श्रीलंकाबीचको खेल राती ९ः४५ बजे हुनेछ । नेपलले यस खेल जितेमा फाइनल खेल्ने सम्भावना रहनेछ । नेपाल साफको इतिहासमा अहिलेसम्म सेमिफाइनल माथि जान सकेको छैन । नेपालले यसपटक उपाधि जित्ने दावी गरिरहेको छ । सोमबार नै पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा गर्नेछन् । भारतको यो पहिलो खेल हो । 

    असोज ३० गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा रहेको पाकिस्तानले साफमा भाग लिएको छैन । 

    कोरोना संक्रमणले भुटान सरकारले आफ्ना नागरिकलाई देशबाहिर जान प्रतिबन्ध लगाएका कारण भुटानले पनि भाग नलिने निर्णय गरेको छ । राउन्ड रोविन लिगका आधारमा खेलिने साफमा शीर्ष दुई टोली फाइनल पुग्नेछन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend