एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका जेठा छोरा आर्यान खान लागूऔषध मुद्दामा पक्राउ परेका छन् । शनिबार मुम्बईदेखि गोवा जाँदै गरेको वाटरवेज लीजर टुरिज्म प्राइवेट लिमिटेडको कार्डेलिया क्रुजमा आयोजित ड्रग्स पार्टीबाट उनी पक्राउ परेका हुन् ।
उक्त क्रुजमा नारकोर्टिक कन्ट्रोल ब्युरो एनबीसी ले छापा मार्दा आर्यानसहित आठ जना पक्राउ परेका थिए । मुम्बईको अदालतले आर्यनसहित अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अस्वीकार गरेपछि उनीहरुले हिरासतमै रात बिताउनु परेको हो।
अदालतले आर्यनसहित तीनै जनालाई एक दिन हिरासतमा राख्न एनसिबीलाई अनुमति दिएको थियो।
एनबीसीले आर्यानको मोबाइल फोन जफत गरेर अनुसन्धान गरिरहेको छ । एनबीसीले सोधपुछमा आर्यानले आफूले आगूऔषध सेवन गरेको स्वीकार गरेका छन् । यद्यपी, आफूलाई पार्टीमा गेष्टको रुपमा बोलाइएको उनले बताएका छन् । क्रुजमा चलिरहेको पार्टीको भिडियो पनि एनसिबीले फेला पारेको छ।