logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • बराबरीमा रोकियो लिभरपुल र सिटी

    बराबरीमा रोकियो लिभरपुल र सिटी

    1.5K
    Shares

    एजेन्सी । इङ्लिस पावर हाउस लिभरपुल र म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । 
    आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले २–२ गोलको बारबरी खेले ।

    लिभरपुल दुई पटक अग्रता लिएर पनि जोगाउन नसक्दा अंक बाँड्न बाध्य बन्यो । लिरभपुलका लाथि साडियो माने र मोहम्मद सलाहले गोल गरे । सिटीका फिल फोडेन र केभिन डि ब्रुयनले बराबरी गोल फर्काए ।

    प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५९औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ६९औं मिनेटमा फिल फोडेनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

    त्यसपछि ७६औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई पुनः अग्रता दिलाए । ८१औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई हारबाट जोगाएका थिए । यस बराबरीसँगै लिभरपुल दोस्रो स्थानमा छ । लिभरपुलले सात खेलबाट १५ अंक बनाएको छ । १४ अंक बनाएको सिटी तेस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानमा रहेको चेल्सीको १६ अंक छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend