काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटमा चितवन टाइगर्सले पहिलो हार खेपेको छ । कीर्तिपुर स्थिट टियु मैदानमा सोमबार भएको पहिलो खेलमा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ६ विकेटले हरायो ।
चितवनले दिएको एक ५६ रनको विजयी लक्ष्य भैरहवाले १७.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । भैरहवाको जितमा प्रदीप ऐरीले सर्वाधिक ७२ रन बनाए । उनले ४३ बलमा ८ चौका र तीन छक्का हान्दै उक्त रन बनाएका थिए । तमिन इक्वालले ४०, उपुल थाराङ्गाले अविजित ३९, रोहित फौडेलले ६, आरिफ शेख र कुशल मल्लले एक÷एक रन बनाए । बलिङमा चितवनका करिम जनतले दुई र सागर ढकाल र भीम सार्कीले एक-एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चितवनका लागि करिम जनतले ३५, मोहम्मद साहजादले ३२, सिक्कुगे प्रशन्नाले २४, राजेश पुलामीले १४, दिलीप नाथले १३, कमल ऐरीले सात, देव खनालले पाँच र खड्क बोहोराले एक रन बनाएका थिए ।बलिङमा भैरहवाका अविनाश बोहोराले तीन, कुशल मल्लले दुई र धम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले एक-एक विकेट लिए ।
हारेपनि चितवन शीर्ष स्थानमा यथावत छ । अघिल्ला चार खेल जितेको चितवनले आठ अंक बनाएको छ । चितवन यसअघिनै क्वालिफायरमा पुगिसकेको छ । दोस्रो स्थानमा रहेको भैरहवाको ६ अंक छ । भैरहवापनि क्वालिफायरमा पुगिसकेको छ ।