एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई आइतवार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको थियो । मुम्बईको समुद्री किनारमा क्रुज शिपमा भएको एक पार्टीमा छापा मारेर उनीसहित अन्य सात जनालाई एनसीबीले पक्राउ गरेको हो ।
लागुऔषधको केसमा प्रकाउ परेका सबैलाई मुम्बई अदालतले साेमबार पेश हुन भनेको थियो । सोही मामिलामा मुम्बई अदालतले उनीहरुलाई ७ अक्टाेबरसम्म हिरासतमा राख्न अनुमति दिएकाे छ । एनसीबीले ११ अक्टोबरसम्म हिरासतमा राख्न माग गरेको थियाे । तर अदालतले तीन दिन हिरासतमा रााख्न अनुमति दिएकाे भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
आर्यनको फोनबाट आपत्तिजनक कन्टेन्ट भेटिएको र उनको म्यासेजको कुराकानीबाट लागुऔषध खरिद गर्ने र बिक्री गर्ने योजना बनाइरहेको एनसीबीले जानकारी दिएको छ । साथै, अन्तर्राष्ट्रिय लागुऔषध तस्करीसँग सम्बन्धित प्रमाणसमेत फेला पारेको जनाइएकाे छ ।
आइतबारकाे छापाबाट १३ ग्राम कोकेन, २१ ग्राम चरस, २२ एमडीएमएका चक्की र ५ ग्राम एमडी प्राप्त भएको एनसीबीले जनाएको छ । आर्यन खानविरुद्ध प्रतिबन्धित पदार्थहरुको खरिद गरेको, आफ्नो साथमा राखेको र प्रयोग गरेको अभियोग लगाइएको छ ।