logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • रहेनन् ‘रामायण’का रावण

    रहेनन् ‘रामायण’का रावण

    2K
    Shares

    काठमाडौं । भारतीय टेलिभिजनका लोकप्रिय धारावाहिक ‘रामायण’मा रावणका भुमिका निभाएका कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ । 

    लामो समयदेखि स्वास्थ्यमा समस्या झेलिरहेका त्रिवेदीको ८२ वर्षको उमेरमा मंगलबार राति हर्ट अट्याकका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

    उनको निधनप्रति उनीसँग काम गरेका कलाकार र उनका फ्यानहरुले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् । 

    ‘रामायण’ मा रावणको भूमिका निभाउनुका साथै त्रिवेदीले धारावाहिक ‘विक्रम और बेताल’ मा पनि महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसका साथै उनी गुजराती सिनेमा जगतमा पनि परिचित थिए । 

    उनले तीन सय भन्दा बढी हिन्दी र गुजराती फिल्ममा अभिनय गरेका थिए । अभिनयको अलवा उनी राजनीतिमा पनि सक्रिय थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend