पेरिस । फ्रान्समा पादरीहरूले दुई लाखभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको खुलासा भएको छ ।
सन् १९५० पछि हजारौँ पादरीले २ लाख १३ हजारभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको एउटा स्वतन्त्रत छानबिन आयोगले देखाएको छ । यौन दुर्व्यवहारका घटना दबाउन चर्च र पादरीले अनेकौँ प्रयास गरेको पनि पनि छानबिनका क्रममा खुलासा भएको छ ।
बाल यौन दुराचारका घटनामा रोमन क्याथोलिक चर्चहरुमा तानिएका विवरण सार्वजनिक भएपछि यसबारे गहिरो अनुसन्धान गरिएको थियो । करिब तीन हजार पादरीले नियोजित ढंगले बालबालिकामाथि दुर्व्यवहार गरेको छानबिन आयोगका प्रमुख जीन मार्क साउभले जानाकारी दिए ।
पीडितमध्ये करिव ८० प्रतिशत पुरुष छन् । चर्चले वर्षौदेखि बालबालिकामाथि निर्दयी व्यवहार प्रदर्शन गरेको साउभले बताए । दुर्व्यवहारबाट जोगाउन चर्चले रोकथामका आवश्यक कदम नचालेको र कहिलेकाही अभिभावक स्वंयमले दुव्र्यवहारप्रति चासो नदिएको उनले बताए । एजेन्सी