logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आईपीएल प्लेअफ समीकरण पूरा: अन्तिम खेलमा दिल्लीमाथि बेंगलोरको जित

    आईपीएल प्लेअफ समीकरण पूरा: अन्तिम खेलमा दिल्लीमाथि बेंगलोरको जित

    3.6K
    Shares

    काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्समाथि ७ विकेटको रोमान्चक जित हात पारेको छ ।

    जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । बेंगलोरको जितमा विकेटकिपर श्रीकर भरतले ५२ बलमा ७८ रनमा अविजित रहे । ग्लेन म्याक्सवेल ५१ रनमा अविजित रहे ।
    दिल्लीका एनरिच नोर्कियाले २ र अक्षर पटेलले १ विकेट लिए ।

    त्यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । दिल्लीका ओपनर पृथ्वी शाले  सर्वाधिक ४८ रनको योगदान दिए । शिखर धवन ४३ रनमा आउट भए ।

    बेंगलोरका मोहम्मद शिराजले सर्वाधिक २ विकेट लिए । ड्यानियल क्रिष्टियन, युजभेन्द्र चहल र हर्षल पटेलले १–१ विकेट लिए ।
    बेंगलोरको १४ खेलमा समान १८ अंक भए पनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्नु परेको हो ।

    बेंगलोरले सोमबार एलिमिनेटर खेलमा कोलकता नाइट राइडर्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा शीर्ष स्थानको दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच आइतबार प्रतिस्पर्धा हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend