एजेन्सी । पाकिस्तानकी एक महिलाले एकै पटकमा ७ बच्चा जन्माएकी छन् । पाकिस्ताको खैबर पख्तुनख्वाको एबटावाद सहरमा बस्ने यार मोहम्मदकी पत्नीले एकै पटकमा ७ बच्चा जन्माएकी हुन् ।
जिन्ना इन्टरनेशनल टिचिङ अस्पतालमा ती महिलाले ७ बच्चालाई जन्म दिएका हुन् । सबै नवजात शिशु र आमाको स्वास्थ्य स्थिति स्थिर रहेको बताइएकाे छ ।
यसबारे जानकारीसहित अस्पतालले आफ्नो वेबसाइटमा लेखेको छ– जन्मिएका सातै जना शिशु र आमाको अवस्था स्थिर छ । ७ मध्ये ४ छोरा र ३ छोरीको जन्म भएको पनि अस्पतालले जनाएकाे छ ।