काठमाडाैं । तिहार नजिकिएसँगै ललितपुरको धापाखेलका किसानलाई फूलको माला उनेर बजार पठाउन भ्याइनभ्याई छ ।
केही दिनअघिको बेमौसमी झरीले धेरै फूलहरू नष्ट गरेपछि यस वर्ष फूलले राम्रो मूल्य पाउने आशामा किसानहरू छन् । ललितपुरको धापाखेल, कोटडाँडा, लामाटार, गुण्डु र इचंकुलगायतका ठाउँमा व्यवसायिक फूलखेती हुन्छ ।