logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • बारमा कालो र सेतो पट्टी बाँधेर आन्दोलन

    बारमा कालो र सेतो पट्टी बाँधेर आन्दोलन

    2.1K
    Shares

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले कालोपट्टी बाँधे प्रदर्शन गरिरहेको बेला बारकै अर्को समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको छ । 

    आइतबार कसैले कालो र कसैले सेतोपट्टी दुबै बाँधेर प्रदर्शन गरेका हुन् । कतिपय व्यवसायीहरुले कालोपट्टी र सेतोपट्टी दुवै बाँधेका छन् । नेपाल बारका केही कुरामा सहमति र केही कुरामा असहमति भएकाले कालो र सेतो दुबै पट्टी बाँधेर प्रदर्शन गरेको कानुन ब्यावसायीहरुले बताएका छन् । 

    यसरी प्रदर्शन गर्नेमा कानून व्यवसायी स्वागत नेपाल र भूमिनन्द चुडाल लगायत छन् । कानून व्यवसायी नेपालले न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरु सहमत भए पनि न्यायनिरुपणको हकबाट नागरिकहरु बन्चित भएको विषयमा सहमत नभएकाले सेतो पट्टी बाँधेर प्रदर्शन गरेको बताए ।

    प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस पैरवी रोकेका छन् । न्यायाधीशहरुले समेत इजलास बहिस्कार गर्दै आएका छन् । यसको विरोधमा अभिव्यक्ति दिएका अधिवक्ता चुडाल बार एशोसिएसनको परिसरमा कुटिएका थिए । उनी पनि आइतबार सेतो पट्टी बाँधेर प्रदर्शनमा सहभागी भएका छन् । 

    Barrr-0000.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend