logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • कांग्रेस नेतामा पशुपतिनाथ दर्शनको मोह 

    कांग्रेस नेतामा पशुपतिनाथ दर्शनको मोह 

    2.2K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका शीर्ष तीन नेताले लगातार पशुपतिनाथको दर्शन गरेका छन् । पार्टीको महाधिवेशन नजिकिँदै गर्दा तीन शीर्ष नेताहरू पशुपतिनाथ दर्शन गर्न पुगेका हुन् । कार्यवाहक सभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँण पशुपतिनाथ मन्दिर पुगेका हुन् । 

    गत सोमबार निधि पशुपतिनाथ पुगेर पूजाआजा गरेका थिए ।  पशुपतिमा जारी रामनाम संकीर्तन तथा रुद्र महायज्ञ पूजा गरेका निधिले जनकपुरबाट आएका श्री श्री १०८ श्री स्वामी जगत नन्दन दासजी महाराज (पगला बाबा)समक्ष पूजा गरेका हुन् ।

    कार्यवाहक प्रधानमन्त्री तथा कांग्रेस नेता खाँणले शनिबार पशुपतिनाथको दर्शन गरे । सर्वसाधारणसँगै लाइनमा बसेर गृहमन्त्री खाँणले पशुपतिनाथको दर्शन गरेका हुन् । सो अवसरमा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेका थिए । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उनले दर्शन गरे ।

    यसको भोलिपल्ट आइतबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पशुपतिनाथ दर्शन गर्न पुगेका हुन् । उनी श्रीमतीसहित पशुपतिनाथ गएका थिए । आउँदो मंसिरमा १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका निधि र पौडेल पनि सम्भावित सभापतिका उम्मेदवारमा हुन् । कांग्रेसका शीर्ष नेताले लगातार पशुपतिनाथको दर्शन गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend