logo

२०८१ पुष २४ बुधबार

logo
  • बुधबार, २४ पुष २०८१
  • एक महिनामै मन्त्री आलेको चाखलाग्दो काम

    एक महिनामै मन्त्री आलेको चाखलाग्दो काम

    2.6K
    Shares

    काठमाडौं ।  शेर बहादुर देउवा  नेतृत्वको सरकारमा एकीकृत समाजबादी बाट सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बनेका  प्रेम आले मगरले एक महिने कार्यकालमै चाखलाग्दो कामको सुरुवात गरेका छन् । 

    असोज २२ गते संस्कति पर्यटन तथा नागरिक उड्यनमन्त्री बनेका आलेले मन्त्रालयको पदभारकै दिन नेपाल एयरलाइन्सका जहाज किन घाममा सुतिरहेका छन्।  जहाज घाममा सुकाएर पैसा त आउँदैन, त्यसलाई युज गर्नु पर्‍यो अनि  नेपाल एयरलाइन्सको टिकट किन अनलाइनमा नराखेको भनेर सुधारको संकेत गरेका थिए।    

    त्यसपछि उनले वायुसेवा निगममा ९९ दिनको आन्दोलन स्थगित गराए ।  निगमका महाप्रबन्धक डिमप्रकाश पौड्याल र कर्मचारी ट्रेड युनियनबीचको विवादलाई समाधान गर्न आले सफल भए । निगममा ट्रेड युनियनको आन्दोलन जारी थियो ।

    महाप्रबन्धक र कर्मचारीबीच निगमलाई निजीकरण गर्ने या नगर्ने भन्ने विषयमा विवाद चलिरहेको थियो । आलेले विमानस्थलमा पिसिआर परीक्षणको शुल्क पनि घटाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भ्रमण गर्ने क्रममा विमानस्थलभित्र राखिएको पिसिआर परीक्षण ल्याबले वैदेशिक रोजगारमा जाने यात्रुलाई २ हजार शुल्क लिने गरेको थाहा पाएपछि मन्त्री आलेले तत्काल सो शुल्क घटाउन निर्देशन दिएका थिए । मन्त्रीले विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीलाई सो निर्देशन दिएसँगै उक्त शुल्कमा आठ सय रुपैँया घटेको थियो ।  

    यसैगरी मन्त्री आलेलेकै निर्देशनमा त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म निःशुल्क सवारी साधनको व्यवस्था भएको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुईवटा माइक्रोबस व्यवस्थापन समेत गरिसकेको छ । आलेले यात्रुसँग माफी मागेर समेत सकारात्मक कामको थालनी गरेका छन् ।

    असोज ३१ गते काठमाडौंबाट भोजपुर जाने सात यात्रुलाई नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छाडेर उडेपछि सो घटनाले समाचारमाध्यममा मुख्य  स्थान पाएको थियो । तर समाचार बाहिरिने बित्तिकै पर्यटनमन्त्री आलेले निगमकै कारण यात्रुहरु छुटेको पाएप्छि यात्रुहरुसँग माफी मागेका थिए ।

    त्यतिजवेला आलेले भनेका थिए, ‘तपाईंहरूले दुःख पाउनुभयो, सरी १ अब राम्रोसँग जानुहोला, शुभयात्रा ।’ विभागीय मन्त्रीले जनतासँग माफी मागेको सायद यो पहिलो घटना हो । आलेले नेपालको पर्यटन क्षेत्रमा ठोस कार्यहरु गर्ने योजना समेत बनाएर अगाडी बढ्ने प्रतिबद्धता समेत गरेका छन् । 

    त्यस्तै मन्त्री आलेले धनगढी विमानस्थलाई क्षेत्रीय विमान स्थलका रुपमा विकास गर्ने समेत अगाडी बढाए   ।

    छिमेकी मुलुकको राजधानी दिल्लीबाट धनगढी नजिक भएकोले कैलाश मानसरोवर जाने भारतीय धार्मिक पर्यटकको लागि सहज हुने भएकाले धनगढी विमानस्थल क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिनुपर्ने आवाज पर्यटन व्यवसायी तथा निजी क्षेत्रले पहिलेदेखि उठाउँदै आएका थिए ।

    त्यसका लागि ३११ बिघा जमिन आवश्यक भएकाले तत्कालै जग्गा अधिग्रहणको प्रक्रिया थालनी हुने मन्त्री आलेले बताईसकेका छन्  । अहिले विमानस्थलसँग ८७ बिघा जग्गा रहेकाे छ ।

    त्यसैगरी उनले  धनगढी विमानस्थलबाट सुदूरपश्चिमका सबै पहाडी जिल्लामा नेपाल वायुसेवा निगमको हवाई सेवा सञ्चालनमा ल्याईसकेका छन्  । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend