logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • घरबाटै प्रधानन्यायाधीशले तोके १० इजलासमा २७९ मुद्दाको पेसी

    घरबाटै प्रधानन्यायाधीशले तोके १० इजलासमा २७९ मुद्दाको पेसी

    1.6K
    Shares

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार घरबाट १० इजलास गठन गरेका छन् । सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले आफ्नै सरकारी निवासबाट १० इजलास गठन गरेका हुन् । 

    उनले १० इजलासमा २७९ मुद्दाको पेसी तोकेका छन् । जबराको राजीनामा मागेर बार निरन्तर आन्दोलनमा छ । जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी भएको बारको धर्नालाई छलेर प्रधानन्यायाधीश आइतबार र सोमबार कार्यालय प्रवेश गरेका थिए । 

    कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको लगायतका आरोप लगाएर बार र सहकर्मी न्यायाधीश आन्दोलनमा उत्रिएका हुन् । सोमबार प्रधानन्यायाधीश जबराले संवाद र वार्तामार्फत समाधान खोज्न गरेको आह्वानलाई बारले अस्वीकार गरेको छ । बारले जबरासँग वार्ता नगर्ने बताएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend